“दलित अन्दोलन वेहेास अवस्थामा छ। यसलाई ब्यूझाउँन तपाईको इमान्दारीपूर्ण सहयोग चाहिएको छ।”

“दलित अन्दोलन वेहेास अवस्थामा छ। यसलाई ब्यूझाउँन तपाईको इमान्दारीपूर्ण सहयोग चाहिएको छ।”

– सरोजदिलु विश्वकर्मा

केही जिल्लामा पुग्दा साथीहरुले सोध्ने गर्दछन्– ‘के हुँदेछ दलित आन्दोलन?’ हुन त उनीहरुले अन्तरआत्मादेखि सम्वेदनशील नभई औपचारिताका लागि मात्र म माथि प्रश्न गरेका हुन्। अनि म उत्तर दिन्छु– ‘एन्जीओको आन्दोलन केही कप्टी वाहुन, कौडे क्षेत्री र घोसे नेवारहरुको कन्दनीमा अड्केको छ, मेरो आन्दोलन चैं वेहोश भइ कोमामा छ।’ ‘किन’, ‘कसरी’, ‘के भयो’ यावत् प्रश्नहरु थपिँदै जान्छन्। म उत्तर दिदैंजान्छु– ‘तपाई हाम्रै कारणले हो। दलितका नाम गरेर आन्दोलनलाई भजाई खाँदैछौं।’ नबुझ्नेहरुलाई यसरी नै स्पष्ट पारीदिनु पर्दछः– ‘दलितको हक स्थापित गर्छौ, आर्थिक हैसियत उकास्छौ, सांस्कृतिकरुपले समृद्ध तुल्याउँछौं भनि सडकमा गयौं, एन्जीओ खोल्यौं, आईन्जीओमा छिर्यौं, सरकारी हैसियतमा पुग्यौं। तर वास्तविक दलितलाई हामीले कति मात्रमा के के दियौं त? आन्दोलनका योद्धाहरुलाई के राहत भयो त? हामी जोजोले आर्थिक अवसर लियौं तिनले खै कति प्रतिशत आन्दोलनकै लागि भनेर लगानी गर्यौं त? आन्दोलनकै प्रतिफल स्व्ारुप केही अधिकार स्थापित भए, केहीले राम्रा–राम्रा अवसर प्राप्त गरे। तर अवसर पाउनेहरु खैत सडकमा नाराजुलुशमा एकदिन देखा परेको, खैत तिनीहरु पुलिस र उत्पीडकसंग लड्नभिड्न अगाडि आएको?? के इन्टरनेट हेरेर, च्याट गरेर, एउटा एउटा कोठरीमा बसेर इन्फोमा एक्येवद्धता जनाउँदैमा आन्दोलन सशक्त हुन्छ??? त्यसैले आन्दोलन बेहोस छ, कोमामा सुतेको छ।’ बुझ्नेहरु प्रतिउत्तर दिन नसकेर हरिया दाँत ङिच्याउँदै कुलेलाम ठोक्छन्।

व्ाास्तवमै किन सुस्तायो त दलित आन्दोलन! सवै अधिकार प्राप्ती भएर हो? आन्दोलनमा उठाउनु पर्ने एजे48डा रित्तिएर हो? कि गैरदलितले हामीमाथि विजय प्राप्त गरेकाले हो? यी सवै होईनन्। वरु आन्दोलनमा खट्ने, जुध्ने र रातविरात नभनी लागीरहने कार्यकर्ताहरु विस्थापित हुन बाध्य बनाइएर हो। उनीहरुको आन्दोलनमा चल्ने खेल्ने आर्थिक आधार नै नभएर हो। नेताहरुको आन्दोलनमा टिक्ने धरातल रित्तिएर हो। फलतः आन्दोलनमा जनमास थपिदैं जानुको साटो क्रमशः घट्दै गएको छ। लौ बाँसपानी हत्याका48डदेखि कल्ल्ाीकुमारीलाई न्याय दिन सडकमा जम्मा हौं भन्दा अव ५० जना जुट्नसमेत धौधौ पर्दछ। तर आर्किट, र्याडीसन, याक प्यालेस वा हिमालयन होटलमा लञ्च डिनरसहितको कार्यक्रममा कसैलाई कुनै निम्तो चाहिदैन प्वालप्वालमा बसेका सुकिलामुकिला, भद्र दलितहरु मुख बाउँदै थाल बोकेरै भएपनि चिकेन–मटन टिप्न आईपुग्छन्। झनै राजनीतिक दलमा आवद्ध संगठनले पृथकरुपमा कार्यक्रम गर्ने हो भने एउटा संगठनले २० जना जुटाउन पनि मुश्किल छ। किन यसो भईरहेको छ? कस्का लागि भइरहेकेा छ, दलित आन्दोलन?? अव हामीले समिक्षा गर्नैपर्ने भएको छ।

यसो हुनुको कारण आन्दोलनलाई नेतृत्व गर्ने नेताको अभाव भएर होईन, आन्दोलन चलाउन आर्थिक अभाव खट्केर पनि होईन। वरु प्राप्त अवसरहरुको यथोचित वितरण नभएर हो, कार्यकर्तामा नैराश्यता उपन्न भएर हो। नयाँ पुस्ताका दलित नेताहरुले हावा हुन्जेल गुड्ने र उफ्रिने, नभएपछि थच्किने एन्जीओ खोल्ने अनि त्यसलाई आइन्जीओका वाहुन, क्षेत्री र नेवारको इंजारमा आन्दोलनलाई बन्धक राखिदिनाले हो। उनीहरुको चाकडी गरे, प्रशन्न पारे, तिनीहरुले पैसा दिए, उनीहरुले तुना खेालीदिए आन्दोलन उठ्ने हो, उनीहरुले घन्टी बजाईदिए सवाल बन्ने हो। तर विरोध गर्यो भने नत हाम्रो एन्जीओमा पैसा आउँछ नत यो आन्दोलननै उठ्दछ। उनीहरु राज्यलाई गाली गर्न राजनीतिक दलहरुलाई फटाहा र निकम्मा सावित गराउन पैसा दिन्छन् तर हाम्रा नेतालाई स्थापित गर्न, हाम्रा सवाललाई निष्कर्षमा पुर्याउन दिदैंनन्। तव कसरी हुन्छ सशक्त आन्दोलन? जवकी हामी जातिवादी, सामन्ती जडशुत्रवादी चिन्तन बोकेका वाहुन, क्षेत्री, नेवार तथा मधेसी सामन्तहरुकै विरुद्धमा आन्दोलनकेा मैदानमा छौं।
केही आशालाग्दा हामी दलित नेताहरु पनि यसैगरी विक्री भईरहेका छौं। हामीसंग वाध्यता छ– आर्थिक हैसियत बनाएका कुनै दलित शुभचिन्तकले दलित नेता वा कार्यकर्तालाई आज एकरात मेरैमा बस्ाौं, मिठोमसिनो खाउँ र आल्दोलनको चिन्तन गरौं भन्नेवाला छैनन् न त हाम्रा नेताहरुको दिर्घकालीन आधार बन्ने कुनै ब्यवसाय नै छ। त्यसैले जसोतसो दलितकै नाम बेचेर दाम जुटाउन सजिलो छ, जसलेगर्दा राजनीति पनि टिक्छ, दानापानी पनि चल्छ, मौकापरे देशविदेश पनि सयर हुइन्छ। त्यसैले मनले नमानेपनि एन्जीओमा लागेकै छौं। तर दाताहरु उही दाँत कट्कटिएका, वहानाका माहिर, चाकडीका भुक्तभोगी, मिटिंग र ईटिंगका प्रीय। सुनामी आएर बगाउला तर मिटिंग र इटिंग छेाड्दैनन्। अतः यिनका पींधमा कस्सेर २।४ लात्ती नहानेसम्म यिनको संस्कार फेरिनेवाला पनि छैन। तिनकै अनुग्रहमा यी दलित नेताहरुले आआफ्ना एन्जीओ टिकाउनु परेको छ। त्यसैले ‘हे आदरणीय क्षेत्री–वाहुन विष्ट हो, नेवार इष्ट हो! वास्तवमा तिम्रो विरोध गरेकै होइन, दलितलाई देखाउन तिमीले जसरी सिकायौ त्यसैगरी नाटक रचेको मात्रै हो है’ भन्दै हामीहरु तिनै सामन्तहरुको द्धारदलानमा धाउनु पर्नेहुन्छ। त्यसमा हामी नयाँ पुस्ता पनि विक्री हुँदैछौं।

हामी देखिरहेका छौं– मास्टर पद्मसिंहलाई– एउटा कालजयी योद्धा। तर जीवन धान्ने कठिन मोडमा उनी आज बाग्लुंगको एउटा टहरामा जीवननिर्वाह गरिरहेका छन्। ८० वर्षको उमेरमा काठमाडौं आउँदा उनी राजधानीको वल्लो छेऊबाट पल्लो छेऊसम्म पैदलै धाउँछन्। तर एउटा एन्जीओमा जागीर खाने पुङ्पुच्छरको तोरीलाउरेको एउटा होटलदेखि अर्को होटल चाहर्ने मोटर सवार हुन्छ। उस्का साथमा २।४ वटा मोवाईल हुन्छन्। तरुनी तन्देरीसंग आहारविहार र ज्युनार गर्ने खल्ती भरिएकै हुन्छ। जोईपोईको वेड्विस्तरा आधुनिक सजावट र महंगामा रेशमीले सजिएका हुन्छन्। पानवीर विश्वकर्मा उपचार नपाई मरे, रुपलाल र टिआरको हालत उही भयो। अहिले मनवहादुर सोही मोडमा जीवनमरणको देासाँधमा छन्। अरुपनि यस्ता हस्ती छन्– जस्ले आन्दोलनलाई दशकौंदशक साथ दिए। तिनकै अथक प्रयाशको प्रतिफल आज हामी उपभोग गरिहेका छौं। तर आज उनीहरुको जीवनगुजारा हुनै मुश्किल छ। हामी अहिलेपनि देखिरहेका छौं– २।४ जना कार्यकर्ताहरुलाईः– डा.चेत परियार, मोती नेपाली, सहेक विश्वकर्मा, विष्णुमाया परियार, समर परियार, मोहन विश्वकर्मा, दिपक घतानी, भिम दर्नाल, रणवहादुर रम्तेल, राम नेपाली, गौरा नेपाली, दलमर्दन मोसालगायतका युवा दस्ताहरु आन्दोलनको जुनसुकै मोडमा जुनसुकै कुनामा पुगेकै हुन्छन्। तर आज यिनीहरुसंग आन्दोलनसम्म सहज हाजीर हुने आर्थिक वातावरणसमेत नहोला।

केही दलितहरु अवसरको उच्च हैसियतमा पुगेका छन्, केही योद्धाहरु सरकारी धन खाने हैसियतमा छन्। तर जस्को मानो खाए पनि जुन धरातलबाट उठेपनि तिनले पनि आन्दोलनको मुलमर्मलाई क्रमशः पछि छोड्दैछन् र आफ्नै दुनिया बसाउँदैछन्। एकादुयकलाई छोडेर तिनीहरुसंग ‘लौन साथीहरु! हाम्रो लागि पनि त थोरै गर’ भन्दा दात ङिच्याएर कुना पसिहाल्छन्। म सुन्छु– तिनीहरुलाई सरोजदिलुको नामैदेखि एलर्जी हुनेगरेको छ। कोहीवात छैन। आफू जहाँ छ, जतिसक्यो त्यति गर्ने हो। मैले त्यही गरेँ। तर गर्न सक्नेले दलित आन्दोलनका लागि सिन्कोधरी भाँचेकेा छैनन् नत तिनले आफ्नो धरातललाई सम्झे, नत अर्को दलितलाई सहयोग गरी कुनै गुण तिरे न आन्दोलनलाई सानो अंश नैतिक सहयोग नै गर्दछन्।

अघिल्लो एउटा आन्देालनमा ६ जना दलित युवाहरु आन्दोलनकै दौरानमा घाईते भए, केही महिना अगाडि सहेक विश्वकर्माको हात भाँचियो, तर उपचार खर्च जुट्न सकेन। तर एउटा एन्जीओ र आईन्जीओमा समावेशीकरण गराईएका दलितका पात्रहरुसंग भने वैंक ब्यालेन्स हुन्छ, होटल–मोटलको रंगिला दुनियामा उनीहरु जहिलेसुकै रमाउन सक्छन्, कतिले साठी लाख दलित भन्दै विश्वका विभिन्न कुनामा बसेर इन्फोमार्फत आफ्नो ब्यक्तिगत मोजमस्तीलाई प्रवर्द्धन गरिरहेका छन्। तर वास्तविक योद्धाहरु आफ्नेा योगदानदेखि आज आफै लज्जित हुन बाध्य छन्। तव कसरी हुन्छ दलित आन्दोलन? किन हुनु अव आन्दोलन?? आन्दोलनका नाममा चरन्ते फिरन्तेहरुले नै ज्यादा अवसर हडप्ने अथवा ती जोइपोई एउटा एउटा कुनमा बसी सहज अंगालो हाल्ने वातावरण मात्रै बन्ने हो भने किन गर्ने हामीले अव आन्दोलन?? यसको उत्तर ख्ाोज्नुपर्ने भएको छ। त्यसैले साथीहरुकेा प्रश्नमा मैले उत्तर दिनेगरेको छु– दलित अन्दोलन वेहेास अवस्थामा छ। यसलाई ब्यूझाउँन तपाईको इमान्दारीपूर्ण सहयोग चाहिएको छ।

 

This article was originally published at NepaliDalitInfo.net, on November 22, 2010.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s