टुरिस्टलाई ट्वाइलेट

भक्तपुरको दरबार क्षेत्र, काठमाडौंको बसन्तपुर र ललितपुरको मंगलबजार मेरो शहरभित्रको सार्है मनपर्ने ठाउँ हो। यि ठाउँहरुमा अक्सर म गैइ रहन्थे। मंगलबजारको लहेकु किचनमा नेवारी खाना खाँदै झ्याल वरपर पुराना दरबार र मन्दिर हेर्नु अनी खाइसके पछी बङ्लामुखि सम्मको हिडाइ एकदम सुपर लाइकस् हुन्।

रमाइलो ठाउँ, हुलका हुल टुरिस्ट, सानो सानो पसल सबै पसल अगाडि सफाइ एक किसिमको चार्म छ यि ठाउँमा। साच्चैनै मल्लकालमा पनि एक किसिमको रेनिसान्स(Renaissance) नै आएको ठान्छु म। तेती बेला जस्तो कला कौशलले भरिएको मन्दिर, दरबार पछी कुनै राजाले बनाएको देखिएन। तर ओहो यस्तो राम्रो ठाउँमा घुम्दा घुम्दै तपाईंलाई सु सु आयो भने फसाद पर्ने छ। किन कि यि ठाउँमा देख्ने ठाउँमा कतै ट्वाइलेट् छैन।

तपाईंले रोक्न सक्नु हुन्न भने ट्वाइलेट्को निउमा फ्यानटा वा कोक खान रेस्टुरेन्ट छिर्न पर्छ। मलाई यस्तो धेरै चोटि भएको छ। कोही कोही केटा मान्छे पो लाजनै पचाएर जता नि सुइकाइ दिन्छन। आफु त्यस्तो गर्न सकिन्न। २ बर्ष अगाडि सम्म माथि लेखिएको ठाउँमा कतै शौचालय त देखिन अहिले बन्यो कि था” छैन।

यदी बनेको छैन भने पर्यटक आउने अथवा नआउने भए पनि सार्वजनिक ठाउमा तुरुन्तै ट्वाइलेट बनाउन त्यो ठाउँको जिम्मेवारी लिने मान्छेलाई आग्रह गर्छु । अब टन टन सु सु आएको बेला कस्तो हुन्छ त्यो त सबै लाई था’ छदै छ । अझ तपाईंको पेट बिग्रिएको छ भने त तपाईंलाई बित्यास नै पर्छ। म मात्र होइन पर्यटक पनि आत्तिएको मैले धेरै चोटि देखेको छु। अनी अर्को कुरा नेपालमा पर्यटन बर्ष २०११ चल्दै छ जुन सार्है खुशीको कुरा हो। जस्ले पनि सरकार र नेताले काम गर्दैन भनेको सुन्दा सुन्दा वाक्क लाग्छ। यो पर्यटक बर्ष सफल पार्न के गर्न सक्छौ भनेर अब हामी आँफैनै सोचौ न !

१) हामीले केही दिन नसके पनि मिठो मुस्कान दिन सक्छौ र सामान्य अभिबादन गर्न सक्छौ । यस्ले गर्दा उनिहरुलाई सबैजना चिनेको जस्तो महसुस हुन्छ।

२) घर आगन र घर अगाडिको बाटो सफा राख्ने

३) आफु बसेको ठाउँ पर्यटकिय क्षेत्र छ भने त्यो ठाउको बिशेष जानकारी राख्ने र उनीहरु अल्मलिएका छन् भने केही सहयोग गर्न सक्छु भनेर सोध्न जाने।

४) आफ्नो देशको बारेका नराम्रो कुरा भन्दा पनि राम्रो कुरा भन्ने

५) नेपाल बाहिर बसेकाहरुले चाँही जती सक्दो धेरैलाई जो जहाँ छन सबैलाई नेपाल घुम्न जाउ है भनेर निम्तो दिने।

By Archana Shrestha. Originally published at Archana Shrestha’s blog on February 9,2011. Used with permission.

Leave a comment