safe and sound love

“बिदेशबाट थुप्रै नेपालीहरु बैबाहिक सम्बन्धको लागि जाने क्रम जारी छ। राम्रो र असल ज्वाइ चहिएको खण्डमा कृपया त्रिभुवन बिमान स्थलमा आइ छान्नु होला।” यो एकजना भाइले फेसबुकमा लेखेको स्टाटस हो। अब प्रेम दिवसमा हुने को त ठिकै छ नहुनेको कसैले बेसै छ पैसो जोगिएको छ, टन्टोनै छैन भन्छन भने कसैले आफ्नो साथीहरु जोरीका जोरी भएर हिड्दा मेरो नि भैइदेको भए क्या गजब हुन्थ्यो है भनेर सोच्छन।

बेलैमा आफुले बुक नगरदा विवाह गर्ने समयमा उचित पार्ट्नर खोज्न बडो मुस्किल पर्ने रैछ। त्यो मैले आफ्नै परिवार भित्र महसुस गरेको कुरा हो। यो ब्लग लेख्दा लेख्दै मेरो एकजना भाई च्याटमा भन्छ “बेलामा लप नगरेर अहिले दु:ख पाइयो” बिचरा दस वटा केटी हेर्यो होला कहिले काली भन्छ, कहिले पुड्की भन्छ, कहिले गालामा ठुलो कोठी रैछ भन्छ, कहिले केटीले मन पराइन भन्छ। अब यो हेर्ने र खोज्ने क्रम जारी छ।

खोज्ने कै कुरा गर्दा अहिले त केटा केटी स्कुल देखीनै खोज्न थालि सके। अब नेपालमा लप परेकामा डेटिङ स्पटको ठुलो समस्या छ। कती कुराहरु समाजलाई अपाच्य हुने हुनाले कि त गती नै छाड्न पर्‍यो कि त आफ्नो मर्यादामा बसेर हिंड्न पर्‍यो।

अर्को कुरा हामीले बिचार गर्नु पर्ने कुरा के हो भने बदलिदै गएको समाजलाई हामी रोक्न सक्दैनौ त्यसैले कतिपय अवस्थामा प्रेमको सम्बन्धमा यौनको कुरा पनि हुने गर्द्छ त्यसैले स्कुल र १०+२ कलेजमा यौन शिक्षा हुन एकदम जरुरी छ। UK मा बस्ने मेरो साथीले एकदिन मलाई भन्दै थि, उस्को स्कुल पढ्ने छोरीले आज कन्डम कसरी लगाउने भनेर सिकेर आइ रे। भन्दै थि यार के के सिकाउछ स्कुलमा छोरीलाई । ममी कन्डम बास्ना आउदो रहेछ चिप्लो हुदो रहेछ भनी रे अब नयाँ पुस्ताको बाउ आमा भए पछी यि सब कुरा स्विकार्नु पर्छ साथी भने।

हामी नेपाली जतीनै परम्पराबादी भए पनि अहिलेको नयाँ पिढीलाई घरमा अथवा स्कुलमा सही तरिकाले यौन शिक्षा दिएर सुरक्षित हुन र पछी आइपर्ने दुर्घटनाबाट बचाउन सकिन्छ।

प्रेम दिवसको सबैलाई शुभ-कामना!! have a safe n sound love!!

This post first appeared at Archana Shrestha’s blog, on February 14, 2011.

Leave a comment