सकस

प्रसङ्ग : Renewable sources of Energy को प्रयोग गरेर नेपाली परिबेशमानेपालका Industry र Surrounding लाई बिध्युत उपलब्ध गराउने बारे Proposal Application तयार पारि पेश गर्न सघाउने अन्तरक्रिया कार्यक्रम सकेरकाठमान्डौ बिश्वबिध्यालय, धुलिखेल बाट वनस्थली घर फर्किने क्रम
बेलुकी ५:३० :: धुलिखेल बाट काठमान्डौसम्म आएको बसबाट ओर्लिएर साथीभाई
संग बिदा बारी

माइक्रोहरु न्आउने त हैनन, तर चाहिएको रुटको भनेको टाइममा त उही हो,
वनस्थलीको दुइवटा छाडेपछि बल्ल बल्ल एउटामा धकेलिदै पसें, जम्मा ड्राइभर
र खलासी समेत २० जना अट्ने माइक्रोमा खादिदै २२औं नम्बरमा परें म, ढुक्क
भएँ हिड्नु त परेन…… दिनरात गरेर बनाको ज्यान, त्यसै केलाई घटाउनु,
मन आनन्दित, माइक्रो भरिसकेको थियो, दुइटा टाउको थपियो, सोचें अब त पक्का
हिड्छ, नभन्दै हिड्यो…… मन फुरुंग !!

जाम त कहिले पो नहुने हो र ?? एकछिन पछी पुग्यो जमल, भरिएको माइक्रोको
फुच्चेले करायो “ए बनस्थली, सिट खाली सिट खाली” , ओइरो लुइडियो, मन्
आतंकित, भरिएको माइक्रोमा कहाँ अटाउने हो?? जबर जस्ती चारजना छिरिहाले (
एक छिप्पड बुढा,(हातमा दुइवटा २० लिटरका पानीका जार बोकेरै) लौ बर्बाद,
करै लाग्यो, आखिर मै त थिएँ नि बसेको, काखमा राखिदिएँ, मक्खिए उनि ,
अर्का दुइजना नेवारी अधबैंसे आइमाइहरु , अर्को एकजना चाही
मैले देखिन, भिड धेरै नै भैसकेकोथ्यो, खुट्टा पोल्न सुरु …. गाडी अगाढी
बढ्यो,अहिले सम्म त्यो बबुरो माइक्रोको जनसंख्या २६ , धेरै मानिस आ-आफ्नै
गन्ध, दुर्गन्ध, फेरी जाम जाम ….. केहि छिन मा लैनचौर लैनचौर भन्दै
गाडीबाट झर्ने मान्छेको प्रतिक्ष्या फुच्चेले गर्न थाल्यो, गति घटाए
गुरुले , के झर्नु र भर्खर चढ्या मान्छे, बरु ढोका खोल्ने बित्तिकै फेरी
चढ्नेको लर्को, यो पाली त फुच्चेले बोलाउनै भ्याको थेन, तीनजना माइक्रो
चढ्न सफल, झनक्क रिस उठ्याथ्यो, कराउनै आट्या थिएँ, नजर पर्यो एक सेतो
छालाधारी मध्य गाँठकि हसिली युबती, गन्तब्य पुगिने भएँ भनेर हासेकी थिई
होलि, यो मन पो मक्खियो, के रिस उठ्नु ….. महादेव को त्रिनेत्र खुल्या
जस्तो पो भो’नि, खुट्टा पोलेको, कुच्चिएर बस्नु पर्या पीडा त कता हरायो
हरायो, बरु सिट नै छोडदिउँ जस्तो पो भो त , आ छोडिन मैले त, तेतत्रा भोका
आँखाहरु पनि त थिए नि……. धन्य धान्या छन पशुपतिनाथले, २० अट्नेमा २९
टाउका ….. आम्मामा ….. त्यसमाथि कोच्चिनु पर्दाको पीडा नै बेग्लै,
कहिले त झल्झली सम्झिन्थे मेरी काली युनिकर्न न् पीडा न् दुखाइ…….
मनले यस्तो सोच्दा आँखा चाही मेरै मन संग रिसाइराको, त्यहि त, त्यस्ती
राम्री, अझ कति शहनसिल, मानौं उनि त मस्त छिन फोल्डिंग सिटमा, मुस्कान
छर्दै, आँखा त कत्ति जुध्यो जुध्यो, हल्का मुस्कान त मैले नि छरें, पीडा
भरिएको , उनको खुट्टाले मेरो जुत्ता कुल्चिएको भन्ठा’नेर अघिदेखि मक्ख
परेको त त्यो पानीको जार वाला बुढोपो, थोतो मुख देखाउदै न्गिच्च,
हुत्याइदिएँ बुढोको असत्ती खुट्टो, एउटा सीमा हुन्छ नि ……. उनको जार
काखी च्याप्दिनु नि छ, अझ म त उनको खुट्टोले थिचेको भन्ठान्या त ,
धिक्कार ……. यतिबेला अस्कल पुगिसकेको थियो गाडी, दुइटि मध्ये एउटी लाई त अत्ति भएछ , नेवारिमै कराउदै गाडी रोक्नु भनिछन क्यारे,
सार्है औडाहा भएछ , गुरुले गाडी रोकिदिए, भुत्भुतौदै बाहिरिहिन, फुच्चे त
भाडा माग्दै थियो, गुरुले अघिनै बुझिसकेका रहेछन भयो भयो भन्दै फुच्चेलाई
बोलाए, लुरुक्क परेर फर्कियो, यता खुट्टो आफ्नो हो कि अर्काको
भैसक्याथ्यो, आँखा चाही उतै मस्त मस्त, उनको आँखापनि लुकी लुकी यतै हेरे
झैँ लाग्यो, आ कल्ले खुट्टाको वास्ता गरोस, एकछिन निदाए एकछिन मा
उठिहाल्छ नि, उतै मस्त मेरा आँखा

६:१५ :: गाडी पुग्यो सोह्रखुट्टे, भीडम भिड छ भित्र, आधि ढोका खोल्यो
फुच्चेले, फेरी पच्छ्यायो लर्कनले, कत्ति त भित्रको बिजोग देखेर फर्किए
अर्कै गाडीको प्रतिक्क्षा गर्न, दुइटा बटारिएका पाखुरीले चाही माइक्रोको
हूट भेटिहाले, झुन्निए, खुट्टो एउटा टेक्दै आर्को चाही हावामा, अत्ति भयो
अब त ,सहनै सकिन मैले त, आखिर ३० को जमात त भैसकेको थियो, सहनै सकिन,
उन्ले मात्रै सुन्ने गरि भन्या थिएँ “अत्ति भयो अब त, म त बरु हिड्छु, के
के न पाप नै गर्या जस्तो, यस्तो शास्ती” उनि मुस्काइन, मैले सोचें……
उनि पनि झर्छिन, गफिदै लागुला घरतिर….. धिक्कार ……. फुच्चेले पो
आफ्नो हात बजार्दै गाडी रोक्न भन्छ गुरुलाई (हैन कसरि सुनेछ बज्याले ),
गाडी रोकियो, झर्न बाध्य भएँ, सानो त्यान्द्रो आशाको उनि केहि चलिन,सोचें
संगै झर्न लागिन, फेरी धिक्कार , मेरो सिटमा बस्न पो अघि सरेकी रहिछे,
निरास झरें म, बाँकी अर्की पो झरिन, सराप्दै फुच्चेलाई, अरु के
नै गर्न सक्थे र मेरा आँखा, मेरो पर्सको कटकट्या रु १० को नोट फुचेको
हातमा गको हेर्न बाहेक……… धिक्कार……….. लम्र्यांग लम्र्यांग
लागें बालाजु तिर ….. सोचें हिडेर ज्यान त घट्छ🙂

६:३५ :: बालाजु सम्म पुग्दा दिनभरी थाकेको शरीर सिथिल भएछ, फेरी पाइयो
आर्को माइक्रो , चढ भैरे , अगाडिको सिट , के चाहियो र ?? राजसी ठाटका साथ
चढें…….. मस्त मस्त ……… सबै बिर्सें अघिका पीडा

६:४५ :: घर पुगें, वाह क्या दिन , देखें बिहान घरमा छाडेर गएको मेरी काली
युनिकर्न, कस्तो नजानिदो मायाँ लाग्यो, मस्तले पुसें , टिलिक्क टल्काए

दिनभरीको कहानी रमाइलो भयो बेलुकी ८:०० यो कथा लेखें , अहिले तपाईंले पढी
भ्याउनु भयो ……… धन्यबाद🙂

Author FriendyCalls. May 12,2011.Shared with permission.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s