कुर्दै, पुस्तक पढ्दै

जीवनमा पहिलोपल्ट कसैलाई कुनुपर्दा पनि नरमाइलो भएन । त्यस्तो प्रतिक्षाका घडीहरु आइरहुन्
By अशोक सिलवाल

एक दिन काठमाडौंका पुर्व मेयर केशव स्थापितलाई भेट्नु थियो । एघार बजे भेट्ने योजना थियो । ठमेलमा उनले बोलाएकै ठाउँमा समयमै पुगें । तर उनी त्यहाँ आइपुगेका रहेनछन् । मेरो सोधपुछपछि सहयोगीले उनलाई मोबाइल खबर गरिन् । र, स्थापित एक छिनमा आइपुग्ने जानकारी दिइन ।
म सकेसम्म झोलामा एक-दुइटा किताब बोकेर िहंड्छु । उनी आउन्जेल किन बेकार बस्ने भनी झोलाबाट चर्चित लेखिका मोमिलाको एउटा किताब झिकें । त्यतिाजेलसम्म मैले पुस्तकका थुप्रै पाना पल्टाएँ । एक मन त लाग्यो पुस्तक नसकुाजेल स्थापित नआइपुगुन् । उनी करिब पौने घण्टापछि मात्र आइपुगे । जीवनमा पहिलोपल्ट कसैलाई कुनुपर्दा पनि नरमाइलो भएन । त्यस्तो प्रतिक्षाका घडीहरु आइरहुन् । अनि मोमिलाका अरु थुप्रै पुस्तकहरु पढ्न पाइरहुँ ।

मोमिला यो समाजको एक सदस्य । उनी कति सामाजिक वा असामाजिक छिन् ? त्यो उनलाई भन्दा बढी कसलाई थाहा होला ? तर आफ्नै अनुभुतिमा उभिएर जीवित अक्षर लेख्ने हो भने उनी जहाँ छिन् र जस्ती छिन् त्यस्तै हुनुपर्छ । लेखनको उर्जा र उज्यालोमा बाँचेकी छिन् उनी । यद्यपि आवरणमा अध्याँरो देखिनसक्छ । त्यो अध्याँरोलाई चिर्ने हिम्मत कोहीसँग छ भने उनैसँग छ । उनी लेखेर/बोलेर र अभियान संचालन गरेर त्यो यात्रामा निरन्तर िहंडिरहेकी छिन् ।

निवन्धसंग्रह ‘इश्वरको अदालतमा आउटसाइडरको बयान’ एउटा त्यस्तो दस्तावेज हो जहाँ जीवन र जगतप्रति लेखकको इमानदारी प्रकट भएको छ । त्यहाँ जीवनप्रति माथिल्लो स्तरको आक्रोश छ । तर त्यो आक्रोश जीवनप्रतिको घृणा होइन, प्रेम हो, प्रेमको अभिव्यक्ति हो । इश्वरलाई चुनौती दिने आँट गर्ने मोमिला अक्षरहरुमा मात्र होइन, सामान्य बोलीचालीमा पनि उस्तै दार्शनिक लाग्छिन् । पुस्तक पढिरहँदा मोमिला स्वयम वाचक जस्तो लागिरहेको थियो । जीवनसँग जुधेको अलिकति अनुभव यदि पाठकसँग छ भने मोमिलाको पुस्तक पढ्नुको मजै बेग्लै । त्यहाँ दर्शनमात्र होइन दुख छ र दुखमा सुखको उत्कर्ष ।

धेरैले कवि मजुललाई कविभन्दा पनि कविता हो भनेको सुनेको छु । मलाई पनि त्यस्तै लाग्छ । कविता जे पनि र जस्तो पनि हुनसक्छ । तर कवि त्यस्तो नहुनसक्छ । तर मोमिला अक्षर र आवरण अनि वाक्य र व्यवहारमा पनि उस्तै लाग्छ । यहाँनेर म गलत छु भने त्यो मेरो दोष हो । मोमिला र उनका सिर्जनाहरुले नेपाली साहित्यमा एउटा छुट्टै स्वाद दिएको छ । बिस्रन नसक्ने स्वाद । यी पंक्ति लेखिरहँदा शब्दको त्यो स्वाद सघन भइरहेको छ अनुभुतिमा ।

लेखन त छँदैछ, अझ फराकिलो क्षेत्रफल निर्माण गरेर नेपाली कला र साहित्यको उत्थान उनको उद्धेश्य हो । त्यसमा उनको सकि्रयता लोभलाग्दो छ । यतिबेला नेपाली कलासाहित्यडटकम प्रतिष्ठान हाँकिरहेकी छिन् उनी । सुचना प्रविधि र ग्लोबलाइजेशनको यो समयमा उनी नेपाली कला र साहित्यको विश्वविस्तार चाहन्छिन् । त्यसैको एक अंशस्वरुप उनको इश्वरको अदालतमा आउटसाइडरको बयानु यतिबेला अंग्रेजी सस्करणमा आएको छ । उनको पुस्तक अब कम्तीमा भाषाका हिसाबले अन्तराष्ट्रियकरण भएको छ । ढिलो चाँडो यसले अरु आयाममा पनि विस्तार लेला । किनकी अनुभुति र अभिव्यक्ति उत्तिकै उचाईमा उभिएका थोरै पुस्तकमध्ये यो एक हो ।

Author Ashok Silwal. Originally published at Upatyaka.com on February 10, 2011. Shared with permission.

Leave a comment