Archana Shrestha: वाहु!! मेरो ड्रिमल्यान्ड

यसपाली राजेश हमाल र करिस्माको फिल्म “यो मायाले लौन के गर्‍यो” ओस्कारमा छानिएछ ।
यती राम्रो बिषय बस्तु, यस्तो टेक्नोलोजी प्रयोग गरेको देखेर हलिवूडबाट केही मान्छे आउँदैछन् रे सिक्न।

हलिवूडकै कुरा गर्दा मेरो धेरै साथीहरु अमेरिकाको हवाइमा घुम्न जादै छन खै भिजिट अमेरिका २०११ रैछ ।
नेपालमा खुब प्रचार गरेको गरै छन्। आखिर तिनीहरुको देशमा घुम्न गै दिने नेपालीहरु नम्बर १ देश पर्छ नि ।

घुम्नेकै कुरा गर्दा नेपालीहरु इजिप्ट पनि त खुब जान्छन नि तर त्यहाँ त खुब बन्द हडताल हुन्छ रे, कस्तो होला है बन्द भनेको नेपालिलाइ कहिले भोग्नु परेको भए पो? त्यसैले नेपालीलाई अली सेफ छैन भनेर नेपाली सरकारले सतर्क गरी सकेको छ।

सतर्ककै कुरा गर्दा यसपाली हामीले धेरै भन्दा धेरै पानी प्रयोग गर्नु पर्ने छ किन कि पानीको मुहानमा यती धेरै पानी जम्मा भएछ कि ओभर फ्लो हुने डरले प्रत्येक घरले ३० हजार लिटर बढी फ्रीमा चलाऊन पाउने भएका छन्।

चलाऊनेकै कुरा गर्दा पूर्व मेची देखी पश्चिम महाकाली सम्म अप्टिकल फाइबर ओछायाएकोले इन्टरनेट अत्यन्त छिटो भएकोले नेपालको यस्तो भुपेरिबेस्टिक देशमा त जमिन मुनी अप्टिकल फाइबर छ भने अष्ट्रेलियामा पनि पुरै अष्ट्रेलियामा कसरी छिटो ईन्टरनेट चलाऊन सकिन्छ भनेर त्यताबाट केही प्राबिधिकहरु प्रबिधी हेर्न आउने भएका छन्।

आउनेकै कुरा गर्दा नेपालमा मास्टर्श सम्म पढाई फ्री र विश्वब्यापी मान्यता भएकोले यूरोप तिरका विधार्थीको ताती छ  ।अस्ती एकजना लण्डनको केटीको ब्लग हेरेको उसको सपना भनेकोनै नेपाल गएर पढ्नु रहेछ, तीन चोटि भिसा अप्लाई गर्दा नि पाएकी रैनछीन् । बिचरीले यसपाली पनि कोशीस गर्ने छु भनेर लेखेकी छिन् ।

लेख्नेकै कुरा गर्दा हाम्रो बुद्धी सागरले लेखेको कर्णाली ब्लुज विश्वभरका पाठकले एकै चोटि पढे, खै त्यो जे के रोलिङ भन्ने ले पनि ह्यारी पोर्टरको अर्को भाग कर्णाली ब्लुज जस्तै बनाउने प्रेरणा लिएकी छिन् रे।

लेख्नेकै कुरा गर्दा हाम्रो बुद्धी सागरले लेखेको कर्णाली ब्लुज विश्वभरका पाठकले एकै चोटि पढे, खै त्यो जे के रोलिङ भन्ने ले पनि ह्यारी पोर्टरको अर्को भाग कर्णाली ब्लुज जस्तै बनाउने प्रेरणा लिएकी छिन् रे।लिनेकै कुरा गर्दा नर्बेले हाम्रो देशबाट ६० बिलियन उधारो लिएको थियो रे खै तिर्ने खोजी गर्दैन। अस्ती एउटा जापानिजले नेपालको खुब तारिफ गर्दै थियो त्यहाँ भुइचालो आउँदा नेपालले टन्नै सहयोग गरेको रहेछ।

सहयोगकै कुरा गर्दा नेपालको शिक्षादर १००% छ तर साउथ कोरियाको महिला शिक्षादर ९७.३% भएकोले सबै महिला शिक्षित भए परिवार हुन्छ र परिवार शिक्षित भए देश् बलियो हुन्छ भनेर शिक्षादर १००% बनाउन नेपालबाट ३ बिलिएन पाएछन्।

पाउनेकै कुरा गर्दा आजकाल टि.भीमा बच्चा पाउ पाउ भनेर खुब बिज्ञापन आउछ। नेपालको जन संख्या कम भएकोले बढाउन आईमाईलाई एक बर्ष तलबी बिदा र १० लाख उपहार नि पाउने भएका छन तर ह्या बुढेसकालमा सरकारले पाली हाल्छ किन बच्चा सच्चा पाएर किन टेन्सन लिनु भनेर तेती वास्ता गरेका छैनन्।

वास्ता कै कुरा गर्दा दुबइ, कतार, साउदी अरब, मलेसिया, सिङापुरबाट लेबर कामको लागि आउनेले पनि श्रीमती र छोरा छोरी ल्याउन पाउने भएका छन। हाम्रो देशले काम मात्रै गराउने होइन कामदारको परिवारको नि कती वास्ता गर्छ भन्ने उदाहरण हो यो । नेपालको यस्तो नयाँ नियमले गर्दा ति देशका परिवारजनमा धेरै खुशि ल्याएछ।

खुशी कै कुरा गर्दा यि माथिका कुरा सोच्दा पनि कती मन खुशी हुन्छ, आन्दित हुन्छ, प्रफुल्ल हुन्छ,रोमन्चित हुन्छ ।
हामी कती तेस्रो देशको नागरिक हुने, कती बि.बि.सी र सिएनएनमा बन्द हड्ताल र गरीबिको डकुमेन्ट्री हेर्ने, कती आफ्नो देशको लागि हात फैलाउने त्यसैले हामी विश्वको जुन कुनामा भए पनि आफ्नो देशको लागि केही गरौ। जस्तो तरिकाले सहयोग गर्न सकिन्छ तेही गरौ।

I like to see a man proud of the place in which he lives. I like to see a man live so that his place will be proud of him. ~Abraham Lincoln

Originally posted at Archanashrestha.com on May 27,2011. Shared with permission.

2 thoughts on “Archana Shrestha: वाहु!! मेरो ड्रिमल्यान्ड

  1. साच्चै नै पढ्दै जाँदा त मन खुशी भयो देशकालागि केहि गरौं भन्ने भावना आफैमा हुनु पर्छ अनिमात्र देश अघि बढ्छ साह्रै राम्रो छ SUPER LIKES :))

Leave a comment