लघुजलविद्युतले उज्यालो हुदैछ सिन्धुलीका गाउँहरु

एसवी गौतम. June 21, 2011.

असार ७

सिन्धुलीको भद्रकाली ५ जुम्लेडाडाँमा साढे एक किलोवाट लघुजलविद्युत उत्पादन कार्य सम्पन्न भएको छ । लघुजलविद्युत आयोजनाको एक कार्यक्रमका बीच गाविस सचिव थलकुमार गौतमले उदघाटन गर्नुभएको हो ।  लघु जलविद्युतवाट जुम्ले डाडाँ आसपासका २० घरधुरी लाभान्वित भएका छन् ।
 आयोजना भद्रकाली गाविसको आर्थिक सहयोगहिमचुली मल्टी परपोज कम्पनी काभ्रे बनेपा र स्थानिय जनताको श्रमदानगरी कुल आठ लाखमा लघुजलविद्युत उत्पादन कार्य सम्पन्न भएको हो ।
यसअघि भद्रकाली तामाजोर शान्तेश्वरी नेत्रकाली लगायतमा विभिन्न गाउँहरुमा वत्ती वलेको छ भने वस्तिपुर गाविसमा सिन्धुलीकै ठुलो लघुजलविद्युत योजना निर्माण कार्य भईरहेको छ

 

Originally published at Mero Report on June 21, 2011. Shared here with permission.

Leave a comment