परदेशी ब्लगर साथी

नेतालाई गालीको  बर्षा
ब्लगका भित्ता भरी
टाशो  टास्ने
स्वदेशी भैइकन पनि
बिदेशी भएको
मेरो  परदेशी ब्लगर साथी

+२ सकेर बिदेश झरेको
२-४ बर्ष पछी फर्कन्छु भन्दै
उतै घरजम गरेको
बर्सौ  हुन लगिसकेछ

भौतिकबादमा जिबन देखेर
अध्यात्माबादबाट भागेको
डलरको पछी लगेको
मेरो पर्देशी ब्लगर  साथी

ग्रीनकाड  लिनु नै
जिन्दगीको उपलब्धि मानेको
धन नै सर्बश्व ठानेको
काठमाडौंमा घर जोडेर पनि
मन बिदेशमै छाडेको
मेरो परदेशी ब्लगर साथी

कहिले काही पोखिने गर्छ
ब्लगका भित्ताहरुमा
गाउघरको सम्झनामा

कहिले कही च्याटमा भेटिदा
दु:ख पोख्ने गर्छ
यन्त्रिक  जीबनको

पहिले दाम थिएन नाम थियो
अहिले नाम छैन दाम छ उसँग
तेसैले
नामको खोजिमा छ

ग्रीनकार्ड बोकेर बसेको
न काठमाडौं झर्न सक्छ
न सदाको लागि
सात समुन्द्र तर्न नै
मेरो परदेशी ब्लगर साथी .

By Rameshwar Poudel.Originally published at World in My Eyes, on April 12, 2011. Used with permission.

Leave a comment