डा देवेन्द्रराजको लौरो

डा देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, खगेन्द्र संग्रौला, श्याम श्रेष्ठ, दमननाथ ढुंगाना, पद्यरत्न तुलाधरजस्ता थुपै्र दिग्गजहरुबाट ‘नागरिक समाज र दलिय आवद्धता’बारे क्लास लिन मन लागेको छ ।

अशोक सिलवाल on Jun 06, 2011

केही दिनअघि पछिल्लो समय चर्चित पुरानो बानेश्वस्थित गुरुकुलमा खगेन्द्र संग्रौलाकृत ‘आफ्नै आँखाको लयमा’ विमोचित हुँदैगर्दा नागरिक समाजका अगुवा डा देवेन्द्रराज पाण्डे भेटिए । उनी कुसर्ीमा बसेका थिए तर उनको हातमा लौरो थियो । त्यो लौरॊ नागरिक खबरदारीको प्रतिक थियो वा अरु नै केही ? त्यो त थाहा भएन । तर उनलाई मैले प्रश्न गरें, ‘लौरो पनि साथमै लिएर हिड्न थाल्नु भएछ, नागरिक समाज साहै्र कमजोर भएर त होइन ?’

गोलाकार शैलीमा कुसर्ीमा बसेका अर्थशास्त्री डा दीपेन्द्रबहादुर क्षेत्री, एमालेका युवा नेता रविन्द्र अधिकारी, लेखक एवम नागरिक समाजका अर्का अगुवा श्याम श्रेष्ठ अनि अरु केही प्रतिष्ठित अनुहार । यी सबैमा डा पाण्डेसँगको त्यो प्रसंगले एकसाथ हाँसो उत्पन्न गर्यो, हाहाहा… । संग्रौलाको पुस्तक विमोचन कार्यक्रम सुरुअघिको त्यो सामान्य सन्दर्भको कुनै गम्भीर अर्थ त नहोला । तैपनि डा पाण्डेको हातको लौरोलाई यदि नागरिक खबरदारीको प्रतीक मान्ने हो भने त्यो यतिबेला उच्च रुपमा सकि्रय हुनैपर्छ । जब पर् यो राती अनि बुढी तातीको शैलीमा ‘जेठ १४’ अघिका केही दिनहरु मात्र तातेर पर्याप्त हुँदैन । त्यो हुनु भनेका त ‘तँ कुटे जस्तो गर म दुखे जस्तो गर्छु’ मात्र हुन्छ । तर जेहोस् नागरिक खबरदारीको सकि्रयता ‘वर्षा लागेपछि धान रोप्ने’ शैलीमा मात्र हुनु सान्दर्भिक हुँदैन । किनकी पछिल्ला वर्षहरु संकट र संभावनाको उर्वर अवधि हो जसलाई हामी संक्रमणकाल पनि भन्छौं ।

अर्को कुरा नागरिक समाज यदि कमजोर भएको हो भने पनि हातमा लौरो लिएर बस्दैमा वा उठ्दैमा त्यो बलियो हुँदैन । त्यसका लागि त नागरिक समाज ‘दलिय समाज’ बन्न हुँदैन । दलिय घेराबाट माथि उठ्नुपर्छ । त्यसो गर्दा तत्काल केही गाह्रो होला । तर त्योबाहेक अर्को बाटो छैन । डा देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी, खगेन्द्र संग्रौला, श्याम श्रेष्ठ, दमननाथ ढुंगाना, पद्यरत्न तुलाधरजस्ता थुपै्र दिग्गजहरुबाट ‘नागरिक समाज र दलिय आवद्धता’बारे क्लास लिन मन लागेको छ ।

नागरिक समाजले विगतमा ‘यस्तो गरेको थियो’ वा ‘उस्तो गरेको थियो’ भनेर अहिलेको राजनीतिक/सामाजिक संकटमा उनीहरुको सकि्रयता प्रकट हुनसक्दैन । अहिले उनीहरु के गरिरहेका छन् ? त्यो चाहिँ महत्वपूर्ण हो । उनीहरुले अहिले के गरिरहेका छन् वा गर्नुपर्छ उनीहरुलाई भन्दा बढ्ता अरुलाई थाहा हुने कुरै भएन ।

राजधानीमा आइतबार आयोजित एउटा कार्यक्रममा सभामुख एवम् वाकपटुताका धनी सुवासचन्द्र नेम्वाङ्ग भन्दै थिए, ‘संविधानसभाको आयू तीन महिना थपिदैमा संकट टरेको छैन सरेको मात्र छ ।’ हो उनले भनेजस्तै संकट अझ उस्तै छ । यस्तो बेलामा देवेन्द्र सर वा कृष्ण पहाडीहरुको ‘नागरिक सकि्रयता’ थप जरुरी छ ।

यतिबेला हाम्रो समय ‘पाँचबुँदे सहमति’ मा अड्किएको छ । पोहोर यस्तै स्थिति थियो । र हामी ‘तीन बुँदे सहमति’मा अड्किएका थियौं । त्यो त्यो तीन बुँदे सहमति के कति र कसरी कार्यान्वयन भयो वा भएन यहाँ लेखिरहनु आवश्यक छैन । तर त्यसले हावा खायो । अर्को वर्ष त्यही मितिमा तीन बुँदे मोटाएर ‘पाँच बुँदे’ भयो । तर स्थितिलाई त्यसरी निराशाजनक भएर मात्र नहेरौं । आगामी तीन महिनामा केही होला कि ! अपेक्षासहितको नागरिक खबरदारीका लागि नागरिक समाज सतत सकि्रय हुनुपर्ने बेला हो यो । अन्यथा पाँच बुँदेले पनि तीन बुँदेकै नियति भोग्न पर्ला कार्यान्वयन वा प्रभावका हिसावले । तर त्यो हाम्रो चाहना होइन ।

प्रधानमनत्री खनाल स्वयम्ले केही दिनअघि यो सरकार स्वतः कामचलाउ भइसकेको बताएका थिए सायद । यदि त्यसो हो भने उनलाई तत्काल राजिनामा दिने के ले रोक्यो ? अर्को कुरा प्रधानमन्त्री स्वयम् आफ्नो नेतृत्वको सरकारलाई कामचलाउ भनिरहेका छन् भने अबको विकल्प वा भावी नेतृत्वबारे पो ध्यान केन्द्रित गर्नुपर् यो सकि्रयह हुनुपर् यो सबै राजनीतिक दल/पक्षहरुले । त्यसपछि राजीनामा माग्नै झन्झटै रहँदैन । राजीनामाभन्दा पनि त्यसपछिको नेतृत्वको खोजी खोइ अबको प्रधानमन्त्री को तर त्यो दिशामा औपचारिक निर्णय कतै भएको देखिदैन ।जेठ १४ पछि एक साताभन्दा बढी समय बितिसक्यो । यसबीच प्रधानमन्त्रीको सम्बोधन आयो । सम्बोधन/भाषण वा अरु यस्तै सामान्य गतिविधिले मात्र शान्ति र संविधानबारेका गम्भीर र ठोस कार्यसूची पूरा हुन सक्दैनन् ।

नोट ः यहाँ नागरिक समाजको सन्दर्भ नागरिक समाजको मायाले उठाएको होइन विग्रदो राजनीतिलाई ठिक पार्न उनीहरुको सतत सकि्रयता यतिबेला झन् बढी आवश्यक छ मात्र भन्न खोजिएको हो ।

अन्त्यमा,

आइतबार ५ जुन अर्थात् विश्व वातावरण दिवस । केही समय अगाडि बागमती पूजक भगवानदाश मानन्धरको निधन भयो । उनले यस वर्षको वातावरण दिवस मनाउन पाएनन् । अन्यथा उनी यो दिन पनि बागमतीको कुनै एउटा भागमा त्यहाँको फोहोर सफा गरिरहेका हुन्थे । त्यसो त उनलाई हरेक दिन वातावरण दिवस सो सरह थियो ।

वातावरण दिवसको दिन सहरमा वातावरणसम्बन्धी कार्यशाला गोष्ठीहरु भइरहँदा काठमाडौंका नदी किनाराका सडक मार्गमा यात्रारत रहँदा दुर्गन्धले श्वास फेर्न पनि गाह्रो भयो । वातावरण दिवस मनाउने यसरी नै हो कि भन्ने सोच्दै आफ्नो बाटो लागें, मनमा भगवानदाश बोकेर ।

Originally published at Upatyaka.com on June 06, 2011. Shared here with permission.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s