Friendycalls, July 17,2011
आउँदो आइतबार, मिति २०६८/०४/०८, [July 24, 2011] गते हामीले यसअघि नै तय गरे बमोजिमको#mission3 अन्तर्गत शारदा प्राथमिक बिध्यालय, तिलगङ्गामा रहेका १२५ बिध्यार्थीहरुलाई स्कुले ब्याग र शैक्षिक सामग्री वितरण गर्ने भएका छौं | हाम्रा आदरणिय दाजु उज्वल आचार्यले प्राथमिक रुपमा सो स्कुलमा गइ अध्यापकहरु, प्रधान्याध्यापक र बिध्यार्थीहरु सँग गर्नु भएको प्रत्यक्ष भेटघाट पश्चात हामीले सो स्कुलका बिध्यार्थीहरुलाई स्कुल ब्याग र शैक्षिक सामग्री वितरण गर्ने सोच बनाएका हौँ | यसका लागि तपाईं #members हरुले प्रदान गर्नुभएको आर्थिक सहायता नै हाम्रो #mission को स्रोत हो, यहाँहरुको निरन्तर साथ र सहयोगका लागि हामी सदैव यहाँहरु प्रति कृतज्ञ छौँ |

Model bag which we are going to distribute on #mission3
कक्षा १ देखि ७ सम्म रहेको सो स्कुलमा अत्यन्तै बिपन्न वर्गबाट आएका बिध्यार्थीहरु अध्ययन गर्ने रहेछन | ब्यक्तिगत प्रश्नावलीमा जाँदा साना बाबुनानीहरु आफ्ना बुवा-आमाको पेशा बारे जानकारी दिन पनि हिच्किचाउने गरेको अनुभव सँगालेका उज्वल आचार्यको भनाइलाई उधृत गर्दा त्यहाँका अधिकाँश बिध्यार्थीहरु न्युनतम शैक्षिक अवसर बाट पनि बिमुख छन्, धेरैले प्लाष्टिकका झोला लिएर स्कुल आउने गर्छन | यस्तो अवस्थामा हामीले कम्तिमा स्कुल ब्याग वितरण गर्नसकेमा सो सहयोग दिगो हुन जाने बुझियो र यसै अनुरुप सस्तोमा ब्याग निर्माण गर्ने वितरक चयन गरि हामीले जम्मा गरेको रकमको उचित रुपमा सदुपयोग गर्न यो #mission3 को आयोजना गर्न लागेका हौँ |
स्कुल ब्यागमै हामीले बिध्यार्थीहरुले लेख्नको लागि प्रयोग गर्ने कापी,पेन्सिल र कलम पनि सहयोग गर्ने विचार गरेका छौँ | यसका लागि यदि तपाइँले व्यक्तिगत रुपमा केहि कापी, कलम, पेन्सिल अथवा अन्य केहि शैक्षिक सामग्री जस्तै तपाइँ सँग भएका प्रयोगमा आइसकेका कथाका किताबहरु, Geometry Boxesआदि पनि सहयोग गर्न चाहनुहुन्छ भने पनि सोहि अवसरमा सोहि स्थानमा वितरण गर्न सक्नुहुनेछ |
मिति : २०६८ श्रावण ८ गते आइतबार| July 24, 2011
स्थान : नेपाल पत्रकार महासंघ, तिलगङ्गा
समय : दिउँसो २:३० बजे
![]() @tfcNepal t-shirt design साथै हामीले #tfcNepal #tshirts पनि तैयार पारि सकेका छौँ | यसपाली #tshirts गाढा निलो, सेतो र हरियोमा र हरेक रङ्गका साइज M,L र XL मा छपाएका छौँ | यहाँलाई मन परेको रङ्ग र साइज उल्लेख गरि हामीलाई DM गर्नुहोला | सोहि #mission3 को समयमा हामी तपाइँहरुलाई सो #tshirts उपलब्ध गराउने छौँ | पहिले झैँ #tshirt को मुल्य भने रु ५००/- नै तय गरेका छौँ, परल मुल्यबाट बचेको रकम भने #tfcNepal कै खातामा जम्मा गर्ने व्यवस्था मिलेका छौं | |
आशा छ यहाँहरुले सो #tshirts खरिद गरि #tfcNepal को प्रवर्दन र आगामी #mission हरुको सहयोगार्थ योगदान गर्नुहुनेछ |
यहाँहरुले हालसम्म हामीलाई गर्नु भएको सहयोगको सुचीको लागि यहाँ हेर्नुहोला |
Originally published at Tweet for Cause Nepal blog. Shared here with permission.

The school bag design is nice. Lets share those wonderful moments for cause.
Pingback: Of Tears and Smiling Kids:TFCNepal at Sarada Middle School | Nepal Blogs